दाङको नारायणपुर उवासंघको अध्यक्षमा ३ सय ६० मत प्राप्त गरी अनिलकुमार बस्नेत विजयी



दाङको नारायणपुर उवासंघको अध्यक्षमा ३ सय ६० मत प्राप्त गरी अनिलकुमार बस्नेत विजयी

घोराही ३० बैशाख । दाङको नारायणपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा अनिलकुमार बस्नेत विजयी भएका छन् । संयुक्त प्यानलका उम्मेदवार बस्नेत कुल ३ सय ६० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी लीलाधर शर्मा (बिट्टु) ले ९० मत प्राप्त गरे ।

बस्नेत संयुक्त प्यानलबाट र शर्मा स्वतन्त्र युवा व्यवसायी प्यानलमा थिए । यसैगरी उद्योग उपाध्यक्ष पदमा बसन्त न्यौपाने २ सय ७ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी धरमबहादुर बस्नेतले १ सय ८४ मत प्राप्त गरे ।

त्यसैगरी वाणिज्य उपाध्यक्षमा कुलराज खनाल २ सय ५७ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी सनतकुमार आचार्यले १ सय ४१ मत प्राप्त गरे ।

यसैगरी सचिव पदमा मीना भण्डारी २ सय १० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी तिलकबहादुर भण्डारीले १ सय ८२ मत प्राप्त गरे । संघको महासचिवमा जागेश्वरप्रसाद डाँगी (विष्णु), कोषाध्यक्षमा नारायण भट्टराई, महिला सदस्यमा पुष्पा डाँगी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

सदस्यहरुमा यज्ञ थापा, नवराज लम्साल, सुरेन्द्र आचार्य, गणेश भण्डारी र टेकराज शर्मा पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । संघको शनिबार सम्पन्न निर्वाचनमा ४ सय ३२ मतदाता रहेकोमा ४ सय ६ मत खसेको थियो ।

तुलसीपुरमा २ हजार ८ सय ६९ मत खस्यो :

यसैबीच तुलसीपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचनमा कुल २ हजार ८ सय ६९ मत खसेको छ । कुल ३ हजार ४ सय ७५ मतदाता रहेको तुलसीपुर उद्योग वाणिज्य संघमा चार निविदा मत सहित २ हजार ८ सय ६९ मत खसेको निर्वाचन समितिले जनाएको छ । रातिदेखि नै मतगणना शुरु भएको छ । नेपाली कांग्रेस निकट व्यवसायीको तर्फबाट विनिल केसी र कांग्रेसहित अरु सात दलको तर्फबाट ललितजंग शाहको नेतृत्वमा प्रतिस्पर्धा भएको हो । अहिले पनि मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे