राप्तीको आठौं स्थापना दिवस : देउखुरी टुडेकर्मी गुप्ता सहित २ सय बढी व्यक्ति तथा संस्था सम्मानित



राप्तीको आठौं स्थापना दिवस : देउखुरी टुडेकर्मी गुप्ता सहित २ सय बढी व्यक्ति तथा संस्था सम्मानित

भालुवाङ २९ फागुन । दाङको राप्ती गाउँपालिकाले मंगलबार आठौं स्थापना दिवस मनाएको छ ।

गाउँपालिकाले अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरि दिवस मनाएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २ सय बढी व्यक्ति तथा संस्थाहरूलाई सम्मान पत्र तथा दोसल्ला ओढाइ सम्मान गरिएको छ । यसै क्रममा सञ्चारको क्षेत्रमा रहेर पालिकाको विकास र सम्वृद्विका लागि कलम चलाएको भन्दै कृष्णसेन इच्छुक स्मृति सम्मान कार्यक्रमबाट देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता सहित ४ जना पत्रकार सम्मानित भएका छन् ।

सम्मानित हुनेहरूमा सोही सम्मानबाट नेपाल टेलिभिजनका दशरथ घिमिरे, फोटो पत्रकारबाट कुलदिप न्याैपाने र अग्रज पत्रकारबाट महेश रिजाल सम्मानित भएका छन् । गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा बोल्ने वक्ताहरूले सडक, बाटोघाटो तथा किसानहरूका समस्या लगायतका विषयमा गाउँपालिकालाई ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि घर्ती मगरले ३ तहको सरकारको समन्वयले मात्र विकास हुने बताउँदै प्रदेश सरकारले बनाएको कानुनमा स्थानीय सरकार सञ्चालन हुन जरूरी रहेको बताएका थिए । त्यस्तै उनले स्थानीय सरकारले राजधानी ल्याउनमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै निर्वतमान अध्यक्ष र वर्तमान अध्यक्ष प्रति आभार प्रकट गरेका थिए । भने सम्मानित सवैलाई धन्यवाद दिएका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य इन्द्रजित थारू, संविधान सभा सदस्यहरू रेश्मीराज नेपाली, सुशिला चाैधरी, गंगा थारू सत्गाैवा, लमही नगरपालिकाका पुर्व नगर प्रमुख कुलबहादुर केसी, राप्ती गाउँपालिकाका पुर्व अध्यक्ष नुमानन्द सुवेदी, नेपाली कांग्रेसका विद्याशरण चाैधरी, नेकपा एमालेका मदन अधिकारी, नेकपा माओवादी केन्द्रका नारायण शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी राप्तीका सभापति दोर्ण जिसी, नेकपा एकीकृत समाजवादीका लक्ष्मी गिरी, नेकपाका यमलाल कटुवाल, ऐरावती आदर्श बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशवराज खनाल, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्का, घण्टदेव सामुदायिक वन उपभोक्ता समूह मसुरीया अध्यक्ष दुर्योधन पाण्डे, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी, जेष्ठ नागरिक  कृष्णप्रसाद आचार्य,  अपांग सञ्जालका अध्यक्ष ऋषिराम बस्नेत, सम्पुर्ण कृषक समुहबाट किरण भण्डारी, ऐरावती आदर्श बहुमुखी क्याम्पसका स्ववियु सभापति संगिता भण्डारी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन राप्ती गाउँपालिकाका शिक्षा अधिकृत बासुदेव खनाल र सिमा केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे