लमही बजारबाट ब्राउनसुगर र नाईट्राभेट ट्याब्लेट सहित ४ जना पक्राउ



लमही बजारबाट ब्राउनसुगर र नाईट्राभेट ट्याब्लेट सहित ४ जना पक्राउ

लमही  २९ फागुन । दाङमा प्रहरीले लागुऔषध ब्राउनसुगर र नाईट्राभेट ट्यब्लेट सहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

वडा प्रहरी कार्यालय लमहीले फागुन २७, २९ गते दुई दिनमा लागु औषध ब्राउनसुगर र ट्याब्लेट सहित चार जनालाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाएको प्रहरी निरिक्षक शंकर श्रेष्ठले जानकारी दिए । लमही नगरपालिका–५ लमही बजार बाट वडा नं. ३ बनगाउँ निवासी ३० बर्षिय प्रकाश वली र लमही नगरपालिका वडा नम्बर ५ निवासी ५२ बर्षिय यमबहादुर बस्नेतलाई नाईट्राभेट सहित पक्राउ गरेको छ । वलीको साथबाट १२ ट्याब्लेस र बस्नेतको घरमा रहेको १३५ नाईट्राभेट र ८ फाईलमा ६४ वटा क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ । अनुसन्धानका लागी अदालतबाट ७ दिनको म्याद थप भएको छ ।

यसैगरी लमही बसपार्कबाट दुई जना युवालाई समेत प्रहरीले लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिइएको छ ।
तुलसीपुर उपमहानगरपालिका–६ सुन्दरनगर निवासी १९ बर्षिय अरुण गाईन र सोही ठाउँ निवासी २२ बर्षिय सुदिप विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाईनको साथबाट ४ ग्राम १३० मिलिग्राम र विकको साथबाट २ ग्राम ५२० मिलि ग्राम ब्राउनसुगर जस्तो खैरो रंगको डल्लो फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुका विरुद्ध लागुऔषध सम्वन्धि मुद्धा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे