दाङको कटुवा खोलामा कार खस्दा १ जना घाइते (अपडेट)



दाङको कटुवा खोलामा कार खस्दा १ जना घाइते (अपडेट)

दाङ २८ फागुन । दाङको घोराहीमा पुलबाट खोलामा कार खस्दा एक जना घाइते भएका छन् ।

घोराही–लमही सडकखण्ड अन्तर्गत घोराहीको कटुवाखोला पुलबाट सोमवार राती करिव साढे नौ बजे बागमती प्रदेश ०१–०२८ च ९८५५ नम्वरको कार पुलबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिएका छन् ।

प्रहरी नायव उपरिक्षक मल्लका अनुसार मापसे सेवक गरेर गाडी चलाउँदा पुलमा अनियन्त्रित भएर कार खोलामा खस्दा ललितपुर महानगरपालिका–१५ बस्ने ४२ बर्षीय उज्वल केसी घाइते भएका हुन् । घाइते केसीको निधार र छातीमा चोट लगेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइते केसीको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । गाडीमा चालक मात्र एक्लै भएका कारण गाडीमा क्षति भएपनि मानविय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे