देउखुरीमा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु



देउखुरीमा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु

देउखुरी २८ फागुन । दाङमा बसको ठक्कर बाट एक जनाको मृत्यु भएको छ ।

लमही नगरपालिका–४ निवासी करिब ४० बर्षिय हरिप्रसाद पौडेलको बुटवलबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३९९८ नम्बरको बसले ठक्कर दिदा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

साइकलमा घर फर्कदै गर्दा लमही नगरपादिलका–३ वनगाउँ नजिक पौडेललाई बसले ठक्कर दिएको थियो । घाईते पौडेललाई उपचारको लागी लमही अस्पताल पु¥याईएको थियो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे