कुलपानीमा मेरो माइक्रो फाइनान्स लघुवित्तद्वारा वित्तीय साक्षरता तथा वनभोज कार्यक्रम



कुलपानीमा मेरो माइक्रो फाइनान्स लघुवित्तद्वारा वित्तीय साक्षरता तथा वनभोज कार्यक्रम

देउखुरी २८ फागुन । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले सोमबार दाङको गढवा गाउँपालिका-३ कुलपानीमा वित्तीय साक्षरता तथा वनभोज कार्यक्रम सम्पन्न गरेकाे छ ।

समाजमा लघुवित्त प्रति नकारात्मक कुरा मात्र चलिरहँदा मेरो माइक्रो फाइनान्स लघुवित्त संस्था जग्रहवा शाखाले समाजलाई उद्यमशील बनाउने उद्देश्यले वित्तीय साक्षरता तथा वनभोज कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा उपस्थित सदस्यहरूले मेरो माइक्रो फाइनान्स लघुवित्तको ऋण सहयोगमा आफूहरुलाई धेरै सहज भएको र महिलाहरूलाई आफ्नो खुट्टामा उभिन ठूलो सहयोग गरेको बताएका छन् ।

वित्तीय साक्षरता तथा वनभोज कार्यक्रममा जग्रहवा शाखा प्रबन्धक सहित ५५ जना सदस्यहरूको उपस्थित रहेको थियोे । कार्यक्रम शाखा प्रमुख बुद्वबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे