सशस्त्र प्रहरी भालुवाङमा नयाँ एसपी थापा सँग परिचयात्मक कार्यक्रम



सशस्त्र प्रहरी भालुवाङमा नयाँ एसपी थापा सँग परिचयात्मक कार्यक्रम

भालुवाङ ६ फागुन । सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गण हेडक्वाटर ज्वालामाई भालुवाङका नयाँ प्रमुख तथा सशस्त्र प्रहरी उपरिक्षक (एसपी) रमेशकुमार थापा सँगै आइतबार परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी उपरिक्षक (एसपी) गोपाल श्रेष्ठको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्दवासिनी बाहिनी मुख्यालय चन्द्राैटा कपिलवस्तुमा सरूवा भएपछि नयाँ एसपी थापाले राप्ती गाउँपालिका क्षेत्रका राजनितीक दल, जनप्रतिनिधि, समाजिक संघ संस्थाका प्रमुख, समाजिक अगुवा, भुपु प्रहरी तथा पत्रकारहरू सँग परिचयात्मक कार्यक्रम गरेका हुन् ।

परिचयात्मक कार्यक्रममा बोल्दै नयाँ एसपी थापाले शान्ति सुरक्षा अमनचयन तथा विपदको क्षेत्रमा सवैको सहकार्य तथा समन्वयमा काम गर्ने बताएका छन् । उनले आफ्नो कार्यकालमा आफ्नो जिम्मेवारी अनुसारको काम गरेर देखाउने बताएका छन् । त्यसका लागि सवैको साथ र सहयोग आवश्यक रहेको बताएका छन् ।

त्यस्तै सरूवा भएर जान लागेका सशस्त्र प्रहरी उपरिक्षक श्रेष्ठले आफ्नो कार्यकालमा शान्ति सुरक्षा, विपदका घटनामा राहत तथा उद्वार, सिमा सुरक्षा, चोरी पैठारी लगायतका क्षेत्रमा उल्लेख काम गरेको स्मरण गराएका थिए । त्यस्तै उनले १ वर्षे कार्यकालको अवधीमा करिव १ करोड बराबरको राजश्व संकलन गर्न सफल भएको बताएका थिए । उनले आफू सरूवा नभई निर्देशन गर्ने थलोमा जान लागेकोले लुम्बिनी प्रदेशको जुनसुकै ठाउँमा कुनै समस्या परेमा जानकारी दिन पनि आग्रह गरेका छन् ।

श्रेष्ठको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्दवासिनी बाहिनी मुख्यालय चन्द्राैटा कपिलवस्तुमा सरूवा भएको छ । २०७९ माघ १६ गते देखि कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका श्रेष्ठको १३ महिना पछि सरूवा भएको हो । श्रेष्ठ सरूवा भएपछि नयाँ कार्यालय प्रमुखको रूपमा सशस्त्र प्रहरी बल प्रधान कार्यालय काठमाडौंबाट सशस्त्र प्रहरी उपरिक्षक रमेश थापा आएका छन् । यसै बीच सरूवा भएर जान लागेका श्रेष्ठलाई बिदाई र नयाँ एसपी थापालाई आइतबार स्वागत समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे