राप्तीमा सञ्चालित फुटबल प्रतियोगिताकाे उपाधी युनाइटेड लालमटिया फुटबल क्लबकाे समूह `ए´लाई



राप्तीमा सञ्चालित फुटबल प्रतियोगिताकाे उपाधी युनाइटेड लालमटिया फुटबल क्लबकाे समूह `ए´लाई

भालुवाङ ५ फागुन । जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीको आयोजना गरेको खुल्ला पुरुष फूटबल प्रतियोगिताको उपाधि युनाइटेड लालमटिया फुटबल क्लबकाे समूह `ए´ ले जितेको छ।

शनिबार युनाइटेड लालमटिया फुटबल क्लबकाे समूह `ए´र युनाइटेड लालमटिया फुटबल क्लबकै समूह `बी´ बीच भएको खेलमा समूह `ए´ले समूह `बी´ लाई २-० गाेल अन्तरले हराउँदै उक्त उपाधि जितेको हाे। प्रतियोगितामा युनाइटेड लालमटिया फुटबल क्लबकाे समूह `बी´ उपविजेता भएको छ। विजेता हुने टिमले २० हजार र उपविजेताले १२ हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र र मेडल प्राप्त गरेका छन्।

फागुन १ गतेदेखि राप्ती गाउँपालिका -२ लालमटिया स्थित टुडिखेलमा सुरू भएको प्रतियोगितामा राप्ती गाउँपालिका,गढवा गाउँपालिका ,सितगंगा नगरपालिका र लमही नगरपालिकाका गरी जम्मा १३ समूहको सहभागिता रहेको थियो। विजयी समूहका खेलाडीहरु लाई नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीका अध्यक्ष नारायण शर्माले मेडल,नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

साे अवसरमा बाेल्दै अध्यक्ष शर्माले खेलकुदले युवाहरुको रचनात्मक तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न प्रभावकारी भूमिका निर्वाह गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे