लुम्बिनी प्रदेशको स्थापना दिवस : १६ जना पत्रकार पुरस्कृत



लुम्बिनी प्रदेशको स्थापना दिवस : १६ जना पत्रकार पुरस्कृत

भालुवाङ २१ माघ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले माघ २१ लाई प्रदेश दिससको रुपमा मनाउने निणर्य  ऐतिहासिक निणर्यको रुपमा लिएको बताएका छन् ।

उनले यसलाई एकातिर संघियताको वास्तविक सुरुवात प्रदेश सभा स्थापना भएपछि पहिलो पटक सभासदहरुलाई  औपचारिक रुपमा सभा संचालन गर्ने दिनलाइ जसरी लिइयो  यो सहि निणर्य हो । देशभरीका प्रदेशले यसैलाई मान्यता दिएको छ । त्यस कारण सरकार गठन गरेको दिन भन्दा सरकार गठन गर्न सुरुवात गरेको दिनलाई मान्यता दिदा प्रदेशको वास्तविक चरणलाई  पक्रने बताए  । जुन निणर्य गर्न लुम्बिनी प्रदेश सरकारले शाहासिक रुपमा सहि कदम चाल्यो यसमा कसैले मन दुखाउनु पर्ने केही छैन , यस निणर्यले ऐतिहासिक  महत्वलाई स्थायित्व लिन सुरु गरेको छ । अर्को तिर यसले प्रदेशको मितव्ययिता कायम राखेको छ उनले भने । म व्यक्तीगत रुपमा यस्तै प्रकारका निती रहुन, यस्तै प्रकारका कार्यक्रम बनुन, यस्तै प्रकारले कार्यदिशा जारी हुन भन्ने चाहान्छु नकी ठूला भद्धा खर्चिला  कार्यक्रम अन्त्य गरि छोटा कम खर्चमा सब्य र भब्य कार्यक्रम संचालन गर्न सकेमा संघियताको मुल्यमान्यता रहन्छ  ।

प्रदेश सघियता लागु भएपछि संविधानले प्रदेशलाई दिएका अधिकार अहिले सम्म पुर्ण रुपमा कार्यान्वयन नभएको अबश्थामा सवै चिन्तीत र पर्खाइमा रहेको बताए । संघियता र गणतन्त्रलाई स्थायित्व दिनको लागि प्रदेश सरकारले नमूना र जनताले प्रत्यक्ष अनुभुति गर्ने गरि काम गर्न आवश्यक रहेको बताए । साथै प्रदेश आर्थिक समृद्धी बनाउने गरि काम गर्न आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगरले माघ २१ लाई प्रदेश दिवसको रुपमा मनाउने कार्य सहि भएकोले यसको अनावश्यक टिकाटिप्पणी गर्न आवश्यक नरहेको बताए । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघियताको विकल्प नरहेको बताए । उनले संघियतामा मात्र जात, वर्ग, सवै क्षेत्रको विकास सम्भव रहेको बताउँदै पछाडी फर्कन नसकिने बताए । उनले प्रदेश स्थापना भएको सातौं वर्ष सम्म पनि संघले प्रदेशमा अधिकार नदिदा काम गर्न असहज भएको बताए । उनले लुम्विनी प्रदेशलाई समृद्ध प्रदेश वनाउने गर काम गरेको बताए ।

कार्यक्रममा विविध कार्यक्रमहरु भएका थिए । जस मध्ये प्रदेशसभा  चौथो दर्पण संकरणको  लोकार्पण तथा डेड दर्जन सन्चारकर्मी, कर्मचारी, खेलमा उत्कृष्ठ तथा रयाली झाँकीहरुलाई समेत सम्मान गरिएको थियो ।

१६ जना पत्रकार पुरस्कृत
लुम्बिनी प्रदेश सरकारले पत्रकार दशरथ घिमिरे सहित १६ जना पत्रकारलाई पुरस्कृत गरेको छ। यस्तै एक जना पत्रकारलाई अग्रज पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ।

रेडियो हाइवेका प्रबन्ध निर्देशक केपी घिमिरेलाई अग्रज पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो। लुम्बिनी प्रदेश स्थापना दिवसको अवसर पारेर प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र गृहमन्त्री सन्तोषकुमार पाण्डेयले सयुक्त रुपमा सिर्जनशील पत्रकारिता पुरस्कारअन्तर्गत ५० हजार र अग्रज पत्रकारिता पुरस्कारबाट एक लाख रुपैयाँसहित पुरस्कृत गरिएको थियो।

यस्तै, सिर्जनशील पत्रकारिता पुरस्कारबाट पत्रकार चुमा आचार्य, रामप्रसाद चौहान, तेजेन्द्र केसी, रवीन्द्र प्रताप गुप्ता, भुपाल थापा, अर्जुनकुमार वली, जयमान बुढामगर, माधवप्रसाद अर्याल, वीरेन्द्र केसी, सिराजुद्धीन खान, मधुसुदन भन्डारी पुरस्कृत भएका छन्। यस्तै पत्रकारिता, कला संस्कृतिको संरक्षण, अधिकारको क्षेत्रमा वकालत गर्दै आएका पत्रकार सन्तोष दहित, विमला चौधरी र भगवती पाण्डेलाई पनि पुरस्कृत गरिएको छ।

५ किलोमिटर दौड प्रतियोगिताको पुरूष तर्फको उपाधि आर्मीका टंक कार्कीलाई र महिला तर्फको उपाधी एपीएफकी सिमा चौधरीलाई

लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित ५ किलोमिटर दौड प्रतियोगिताको उपाधी आर्मीका टंक कार्कीले जितेका छन् । उनले १५.२७.०६ सेकेन्डमा दौड पूरा गरे । नागेश्वर अहिरले १५.२९.०९ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भए ।

यसैगरी मिलन कार्कीले १५.३३.०९ सेकेन्डमा दौड पूरा गरी तेस्रो, सन्जय सिंह १५.४६.०३ सेकेन्डमा दूरी पार गर्दै चौथो, सन्तोष अहिर १५.५७.०७ सेकेन्डमा दूरी पार गर्दै पाँचौ स्थान हासिल गरे । प्रतियोगितामा मोहनदेव जोशी, प्रेम बस्नेत, सुमन बुढा, अजय पाण्डे, बिकास बिक, विवश बुढा क्रमशः दशौ स्थानसम्म हासिल गरे ।

यसैगरी महिलातर्फको उपाधि एपीएफकी सिमा चौधरीले चुमेकी छिन् । उनले ५ किलोमिटर दूरी १९.३९.०४ सेकेन्डमा पूरा गरिन् । नेपाल पुलिसकी सुमित्रा चौधरीले २०.०१.०९ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भईन् । यसैगरी कमला ओलीले २०.२८.०६ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भईन् । मोतिकला डाँगीले २१.१२.०७ सेकेन्डमा दुरी पार गर्दै चौथो तथा निर्मला चौधरीले २१.१७.०९ सेकेन्डमा दूरी पार गर्दै पाँचौ स्थान हासिल गरे । यसैगरी प्रतियोगितामा क्रमशः अरुणिका चौधरी, अनिशा चौधरी, आयुषा गिरी, प्रियङ्का साउद, उमा चौधरी दशौ स्थान सम्म हासिल गरिन् । प्रतियोगितामा पुरुष र महिला दुबै विधामा प्रथम हुने खेलाडीले नगद २१ हजार, दोस्रोले नगद १७ हजार, तेस्रोले नगद १३ हजार, चौथोले नगद ९ हजार, पाँचौ ५ हजार, छैठौ स्थान हासिल गर्ने खेलाडीले नगद ३ हजार रुपैयाँबाट पुरस्कृत भए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे