संगीतकर्मी संघ दाङद्वारा सर्वाेउत्कृष्ट सहयाेगदाता राजकुमार वली सम्मान



संगीतकर्मी संघ दाङद्वारा सर्वाेउत्कृष्ट सहयाेगदाता राजकुमार वली सम्मान

दाङ २१ माघ । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखा दाङद्वारा संघ‍ कै सल्लाहकार तथा सर्वाेउत्कृष्ट  राजकुमार वली (राजेश) लाई समान गरेको छ। कात्तिक १७ गते जाजरकोट केन्द्र बिन्दु भएर गएको ठुलो बिनासकारी भुकम्पले धेरै जनधनको क्षति भएको थियो जस बेला राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखा दाङले संचालन गरेको अभियानमा आर्थिक सहयोग संगै राहत संकलनमा निकै ठुलो भुमि निभाएको भन्दै एक कार्यक्रमका बीच आइतबार राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखा दाङका अध्यक्ष दिपक वली र सचिव भिम वली (एस.बि)ले स-समान गरेको हुन् ।

सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष दिपक वलीले आफुहरुले संचालन गरेको हरेक अभियानमा वहाको निकै ठुलो भुमिका रहेको समेत बताएका हुन् । हाम्रो यस संस्थाका अभिभावक एक असल युवा व्यवसायीबाट आफूहरुलाई हरेक अभियानमा सहयोग हुँदा आफू संगै आफ्नो टिम खुशी बलियो भएको बताए ।

सम्मान कार्यक्रममा बोल्दै राष्ट्रिय संगीतकर्मी संघ दाङ जिल्लाका सचीव भिम बहादुर वली (एस.बि) ले त्यो दिन नेपालीहरुको लागि कालो दिन भएको र त्यहीँ कालो दिनको बिहानै आफू र वरिष्ठ उपाध्यक्ष एचआर मगर स्थल गत रिपोर्टिङका लागि उक्त ठाउँ जाजरकोट र रुकुम पश्चिम्को भग्नावेस भएको ठाउँमा सहयोगको लागी पुगि त्यहाँको अवस्थाको बारेमा सम्पुर्ण जानकारी राष्ट्रिय संगीतक्रमी संघ जिल्ला शाखा दाङका अध्यक्ष लाई दिएको बताए ।

त्यहाँ छट्पटीएका नागरिकहरुको घाउमा केही मल्म पट्टी लगाउने उद्देश्यले आफूहरुले आत्मसाथ गर्दै सहयोगका लागी फिल्डमा खटिएको बताउदै संस्थाले संचालन गरेको राहत अभियानमा एक युवा व्यवसायीबाट निकै ठुलो योगदान पुर्याएको भन्दै सम्पूर्ण अभियान टिमको तर्फबाट धन्यवाद समेत व्यक्त गरेका थिए ।

यस्तै समान कार्यक्रममा सम्मानित हुँदै वलीले अहिले राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखा दाङले संचालन गरिरहेको हरिमाया बिक, घर बनाउ अभियानमा आफुले पन्ध्र हजार पाँच सय सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखा दाङका सदस्य रमेश जैसी, हर्कबहादुर बिक, करण वली, दामोदर केसी,  संघका  सह प्रेस संयोजक केवि वली, विद्यार्थी नेता भुपेश खत्री र तिलक डाँगी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे