दाङको राप्ती- ३ नयाँबस्ती मसुरीयामा १ घर र गोठमा आगलागी



दाङको राप्ती- ३ नयाँबस्ती मसुरीयामा १ घर र गोठमा आगलागी

भालुवाङ २८ पुस । दाङको देउखुरीमा १ घर र गोठमा आगलागी भएको छ ।

शनिबार विहान ९ बजेको समयमा राप्ती गाउँपालिका ३ मसुरीया नयाँ बस्ती मिलनचोक नजिकै लिलबहादुर परियारको गोठबाट सल्केको आगो जयमाला घर्ती मगरको खरले छाएको कच्ची घरमा आगलागी हुँदा घर र गोठ जलेर खरानी भएको छ ।

आगलागीबाट जयमाला घर्तीको ५० हजार नगद, ४ वटा पलङ, २ मोबाइल, १ वटा काठको बाकस, ३ वटा टिनको बाकस, १ वटा टेवुल, २ वटा ब्रिकेस, १ वटा किचेन र्याक, १ वटा ग्यास चुलो, लत्ताकपडा, अन्नपात जलेर खरानी भएको छ ।

त्यस्तै लिलबहादुर परियारको गोठमा रहेको ३ सय थान घप्पु, ६ हजारको पराल, १ वटा भ‌ैसी जलेर घाइते भएको पिडितहरूले बताएका छन् । आगलागी के- कति कारणले भएको हो त्यो भने खुल्न सकेको छैन । आगोलाई नेपाल प्रहरी, शसत्र प्रहरी, स्थानीय र दमकलको सहायताबाट नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे