भालुवाङ बस दुर्घटनामा मृत्यु भएका मध्ये ८ जनाको पहिचान खुल्यो ४ जनाको खुल्न बाँकी (अपडेट)



भालुवाङ बस दुर्घटनामा मृत्यु भएका मध्ये ८ जनाको पहिचान खुल्यो ४ जनाको खुल्न बाँकी (अपडेट)

भालुवाङ २८ पुस । भालुवाङ बस दुर्घटनामा मृत्यु भएका मध्ये ८ जनाको पहिचान खुलेको छ भने ४ जनाको पहिचान खुल्न बाँकी रहेको छ ।

नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस देउखुरीको भालुवाङ स्थित राप्ती नदीमा खस्दा १२ यात्रुको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

मृत्यु हुनेहरूमा बाँके जिल्ला बस्ने वर्ष ६० कुसुम बस्नेत, मकवानपुर बस्ने वर्ष ३९ का सौरभ विष्ट, काठमाडौं चन्द्रगिरी बस्ने वर्षका ६५ ताराकान्त पाण्डे, भारत उत्रर प्रदेशका वर्ष ३१ का मुने, जुम्लाका वर्षका ४० मुन बहादुर रावत, बाँकेका वर्ष ३०का रामबरण हरिजन, रूकुमका वर्ष २५ का दीपक कामी, भारत विहारका वर्ष ६७ का जाेगेन्द्र रामकाे सनाखत भएको  इलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएकाे छ ।

भे १ ख ३९१२ नम्बरको माउन्टेन एयर न्यू बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको हो । नमस्ते यातायातको ३६ जना सवार बस दुर्घटना भएको भएको प्रहरीले जनाएको छ । सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । घाइतेहरूमध्ये ७ जना बुटवल, १४ जना काेहलपुर र दुई जनाकाे भालुबाङ अस्पतालमा उपचार भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे