भगवानपुरमा जलवायुमैत्री कृषि प्रविधि तालिम



भगवानपुरमा जलवायुमैत्री कृषि प्रविधि तालिम

भालुवाङ २५ मंसिर । नामसालिङ सामुदायिक विकास केन्द्र दाङले राप्ती गाउँपालिका ९ काे जाकिने र ६ काे भगवानपुरमा जलवायु मैत्री कृषि प्रविधि तालिम सम्पन्न् गरेकाे छ।

विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका सँगको समन्वयमा राप्ती गाउँपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजनाकाे कृषि तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत परियाेजना क्षेत्रका जाकीने र भगवानपुर समुदायमा सो तालिम सम्पन्न् गरिएको हो। नामसालिङका कृषि अधिकृत शशांक आचार्य तथा सामाजिक परिचालिका पुस्तामा पुनले सहजीकरण गरेकाे उक्त कार्यक्रममा जाकिने र रातमाटाका २४ तथा भगवानपुर का २३ कृषकहरुको सहभागिता रहेको थियो। तालिम पश्चात सहभागीहरूलाई तरकारी बालीमा सिंचाई गर्नलाई उपयोगी हजारी पनि वितरण गरिएको थियो।

वि सं २०४१ मा इलामको नामसालिङ गाउँमा स्थापित नामसालिङ सामुदायिक विकास केन्द्रले दाङको राप्ती गाउँपालिकामा २०७४ साल देखि एकीकृत सामुदायिक विकास परियोजना मार्फत सामुदायिक विकासका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ। परियाेजना मार्फत कृषि, पोषण, आयआर्जन, जलवायु अनुकूलन तथा सुशासनका क्षेत्रमा एकीकृत कार्यक्रम सञ्चालन गर्दै आइरहेको केन्द्रले समुदायलाई आर्थिक तथा सामाजिक रूपमा सबल बनाउँदै अगाडि बढाउँदै आइरहेको नाम्सालिङका कृषि अधिकृत तथा कार्यक्रम संयोजक शशांक आचार्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे