लैंगिक हिंसा न्यूनीकरण विषयक गायन प्रतियोगिता सागरमाथा कृषक समूह प्रथम



लैंगिक हिंसा न्यूनीकरण विषयक गायन प्रतियोगिता सागरमाथा कृषक समूह प्रथम

भालुवाङ २४ मंसिर । लैंगिक हिंसा विरूद्ध १६ दिने अभियान अन्तर्गत लैंगिक हिंसा न्यूनीकरण विषयक गायन प्रतियोगिता आइतवार राप्ती गाउँपालिका–३, नयाँबस्ती मसुरीयामा सम्पन्न भएको छ ।

नामसालिङ सामुदायिक बिकास केन्द्रको आयोजना एवम् राप्ती गाउँपालिकाको समन्वयमा प्रतियोगिता सम्पन्न भएको हो । नामसालिङ सामुदायिक बिकास केन्द्रका फिल्ड अधिकृत धर्म यादवको अध्यक्षता तथा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको प्रमृुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा सागरमाथा कृषक समूह प्रथम, मेलमिलाप कृषक समूह दोस्रो, कोपिला कृषक समूह तेस्रो र सृजनसिल कृषक समूहले सान्त्वना स्थान हासिल गरेका थिए ।
विजेता समुहलाई प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा राप्ती गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष उमेश अधिकारी, वडा सदस्य ईश्वरी परियार, मावि मौरिघाटका शिक्षक रोमहर्ष अधिकारी, दुर्गा भवानी आधारभुत विद्यालयका शिक्षक टोमलाल गैरे लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नामसालिङ सामुदायिक बिकास केन्द्रका कृषि प्राविधिक धनकुमारी चौधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन कोपिला कृषक समुहका सचिव सुधा शाहीले गरेकी थिइन् । प्रतियोगितामा राप्ती गाउँपालिका वडा नं.३,४, ७ र ८ का गरि ५ वटा सामुदायिक कृषक समुहले भाग लिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे