उत्पादित वस्तुले बजार नपाएको किसानको गुनासो (फाेटाे फिचर सहित)



उत्पादित वस्तुले बजार नपाएको किसानको गुनासो (फाेटाे फिचर सहित)

भालुवाङ १९ असोज । दाङको राप्ती गाउँपालिकाका किसान तथा उद्यमीहरूले आफुहरूले उत्पादन गरेको वस्तले बजार भाउ नपाएको गुनासो गरेका छन् । राप्ती गाउँपालिकामा बिहीबार स्थानीय स्राेत ,सीप, कला तथा संस्कृतिमा आधारित उद्यम विकासका लागि प्रदेश सरकार सँग गाेष्ठी कार्यक्रम सहभागी किसानहरूले सो गुनासो गरेका हुन् ।

उनीहरूले बजार भाउ नहुँदा सस्तोमा आफुले उत्पादन गरेको सामाग्री बिक्री गर्नु परेको बाध्यता रहेको बताएका छन् । तीन तहको सरकार छ तर किसानको समस्या समाधान गर्न नसकेको किसान नुमानन्द पाैडेलको गुनासो छ । पाैडेलको जस्तै माटाका भाडा, बासका सामाग्री बनाउने व्यवसायी र किरा तथा बेसार खेती गर्ने किसानको समस्या पनि उस्तै रहेको उनीहरूको गुनासो छ ।

यता लुम्बिनी प्रदेश सरकार र राप्ती गाउँपालिकाले किसानहरूलाई आफुले उत्पादित वस्तुको प्रचार आफुबाट सुरू गर्न सुझाव दिएका छन् । साथै उनीहरूले किसानले उठाएको समस्या सरकारले पूरा गर्ने आश्वासन दिएका छन् । आई एम स्विडिश विकास साझेदारको आर्थिक सहयोग,राप्ती गाउँपालिका दाङ, स्वच्छ व्यवसायी समुह नेपालको आयोजना तथा स्वान नेपाल संस्थाको सहकार्यमा गाेष्ठि सम्पन्न भएको हो ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयका निमित्त कार्यालय प्रमुख टुकराज पाण्डे, नेपाल न्याय परिषदका पुर्व सदस्य तथा जग्गा एकिकरण आयोजनाका कानुन विज्ञ पदम वैदिक, किसानहरू रणप्रसाद सुवेदी, केशव भण्डारी, राजकुमारी चाैधरी, रिता चाैधरी, गाैरीमाया घर्ती लगायतका वक्ताहरूले आ-आफ्नो भनाई राखेका थिए ।

स्वच्छ नेपाल व्यवसायी समूह नेपालका कार्यक्रम व्यवस्थापक बासुदेव घिमिरेको स्वागत तथा विषयवस्तुबाट सुरू भएको कार्यक्रमको सञ्चालन पत्रकार सन्तोष कुमार गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे