दाङको शिवखाेलामा यात्रुवाहक बस दुर्घटना , २५ बढी यात्रु घाइते



दाङको शिवखाेलामा यात्रुवाहक बस दुर्घटना , २५ बढी यात्रु घाइते

लमही ९ असोज । दाङमा रात्री बस दुर्घटनामा परेकाे छ ।

पुर्व पश्चिम राजमार्गको लमही नगरपालिका- ९ शिवखाेलामा काठमाडौं बाट सुर्खेत जाँदै गरेकाे कर्णाली प्रदेश ०२-००१ ख०३६२ नम्बरको को यात्रु बाहक बिहान ६ बजेतिर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ ।

दुर्घटनामा परी २५ जना भन्दा बढि यात्रु घाइते भएका छन । बसका ४५ जना यात्रु सवार थिए । घाइतेहरूको उद्धार गरेर उपचारको लागि पठाउने काम भइरहेको छ । गम्भीर घाइतेहरूलाई उपचारको लागि लमही अस्पताल लगिएको छ । दुर्घटनाकाे कारण भने अझै खुलिसकेकाे छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे