सार्वजनिक पदधारण गरेका व्यक्तिहरु राष्ट्रप्रति जिम्मेवार हुनुपर्छ : अध्यक्ष बिष्ट



सार्वजनिक पदधारण गरेका व्यक्तिहरु राष्ट्रप्रति जिम्मेवार हुनुपर्छ : अध्यक्ष बिष्ट

भालुवाङ ८ असोज । राप्ती गाउँपालिका पालिका अध्यक्ष प्रकाश विष्टले स्थानीय सरकारको सुशासन प्रबद्र्धन गर्न सार्वजनिक पद धारण गरेका व्यक्तिहरु राष्ट्रप्रति जिम्मेवार भई नैतिक दायित्व बहन गर्दै सदैव सुशासन, पारदर्शीका साथै नियमको परिधिमा रही काम गर्न सुझाब दिएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जले आज सोमबार दाङ—देउखुरीको राप्ती गाउँपालिकाको सभाहल मसुरियामा आयोजना गरेको भष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बिष्टले यस्तो बताएका हुन् । उनले भ्रष्टाचारले मानिसको इज्जत ,मान, प्रतिष्ठा गुम्नुको साथै राष्ट्रको लगानी दुरुपयोग हुने भएकोले सजग हुनुपर्ने बताए । अध्यक्ष बिष्टले भ्रष्टाचार रोक्न सम्पूर्ण नागरिकहरुबाट आवश्यक खबरदारी गर्नुपर्ने समेत बताए ।

आयोगको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेशबहादुर अधिकारीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख अतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा सहभागिताहरूले आ–आफ्नो जिज्ञासा र गुनासो राख्दै अख्तियारलाई सुभाव समेत दिएका थिए । साथै सहभागीबाट उठेका विभिन्न प्रश्नहरुको जवाफ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेशबहादुर अधिकारीको दिएका थिए । साथै प्रमुख अधिकारीले भ्रष्टाचारकाको अवधारणा, भ्रष्टाचारको कारण, भ्रष्टाचार कसूर ठहरिदा हुने सजाय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्य गर्ने शैली, भ्रष्टाचार सम्बन्धी विश्व र नेपालको अवस्था, भ्रष्टाचारको प्रवृत्ति, भ्रष्टचार सम्बन्धी भ्रम र वास्तविकता लगायतका विषयमा जानकारी समेत गराएका थिए ।कार्यक्रममा विषयवस्तु उपर प्रस्तुतिकरण कार्यालयका शाखा अधिकृत नारायण ढकालले गर्नुभएको थियो । कार्यक्रममा कार्यक्रममा पालिकाकी उपाध्यक्ष कमलापती चौधरी,प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर ओली लगायतले आ आफ्नो सान्दर्भिक भनाइ राखेका थिए । अन्तरक्रिया कार्यक्रममा राप्ती गाउँपालिकाका जनप्रतिनिधीहरु, विषयगत शाखाका कर्मचारी, पालिकामा क्रियाशील राजनैतिक दलका प्रमुख, सामुदायिक वन,खानेपानी महासंघका प्रमुख, विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, उपभोक्ता समितिका पदाधिकारी, पत्रकारहरु लगायत अन्य विभिन्न संघ संस्थाका प्रमुखहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे