दाङमा ज्यान मार्ने उद्योग मुद्दाका एक फरार प्रतिवादी पक्राउ



दाङमा ज्यान मार्ने उद्योग मुद्दाका एक फरार प्रतिवादी पक्राउ

दाङ ५ असोज ।  दाङमा ज्यान मार्ने उद्योग मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा  गंगा परस्पुर गाविस वडा नंम्बर २ घर भइ हाल गढवा गाउँपालिका वडा नंम्बर ४ निवासी ३९ बर्षीय बिरेन्द्र चौधरी रहेको दाङका प्रहरी नायव उपरीक्षक जनक बहादुर मल्ले जानकारी दिएका छन् ।

उनलाई सर्वोच्च अदालत काठमाडौंले २०७९ माघ १५ गते ज्यान मार्ने उद्योगमा ४ वर्ष ८ महिना २२ दिन कैद सजाय फैसला गरेको थियो । चौधरीलाई खोजतलास गर्दै जाँदा हिजो बिहिबार गढवा गाँउपालिका वडा नंम्बर ४ स्थित लुकिछिपि रहेको अवस्थामा पक्राउ गरी दाङको देउखुरी अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे