सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता



सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता

काठमाडौँ ५ असाेज । सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ। शुक्रबार अपराह्न सिंहदरबारमा आन्दोलनरत शिक्षकका प्रतिनिधि र सरकारबीच भएको वार्तामा सहमति जुटेको हो।

सहमति भएसँगै शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ। शिक्षकहरु सरकारले संसद्‌मा दर्ता गरेको शिक्षा विधेयकविरुद्ध तीन दिनदेखि आन्दोलनमा थिए।

शिक्षकहरुले उठाएका माग संसद्‌बाटै सम्बोधन गर्ने गरी सहमति भएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार शिक्षकहरूले उठाएका माग संसदीय सर्वोच्चतालाई स्वीकार गर्दै संसद्‌बाटै पूरा गर्ने सहमति भएको हो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे