देश बनाउन दल र भोट बदल्नुस् : सभापति लामिछाने



देश बनाउन दल र भोट बदल्नुस् : सभापति लामिछाने

भालुवाङ ५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले देश बदल्न दल र भोट बदल्न आग्रह गरेका छन् । रोल्पाबाट कार्यक्रम सकेर काठमाडौं फर्किने क्रममा लुम्बिनी प्रदेशको राजधानीस्थल दाङ-देउखुरीको भालुवाङमा राष्ट्रिय स्वतन्त्र पार्टी राप्तीले आयोजना गरेको जनभेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले बाउबाजेको पार्टीले मुलुक परिवर्तन सम्भव नभएको ठोकुवा गरे । उनले बाउ, बाजेको पार्टी सुनकाण्ड, मानवबेचबिखन काण्ड र ललिता निवास जस्ता काण्डैकाण्डको दलदलमा फसेको आरोप लगाउँदै अब दल नबल्दे देश नबदलिने बताए । सभापति लामिछानेले अब तपाईहरू बाउबाजेको पार्टीको कार्यकर्ता होइन शक्तिशाली जनता बनेर देशलाई बदल्न सहयोग गर्नुस्, उनले भने ।

यस्तै एक प्रशंङ्गामा बोल्दै लुम्बिनी प्रदेशको राजधानीको जग्गा रोक्काप्रति असन्तुष्ट व्यक्त गरे । उनले बिना कारण जनताको जग्गा लामो समय सम्म रोकेर जनतालाई दुख दिएको प्रति बिरोध समेत गरे । उनले प्रदेश सरकारले तत्काल जग्गा फुकुवा आन्दोलन गर्न निर्देशन समेत दिए ।

आन्दोलन प्रति आफ्नो पूर्ण समर्थन रहेको जनाउँदै कुनै दल र व्यक्तिको स्वार्थका लागि लामो समय सम्म जग्गा रोकेर मानव अधिकार हनन् गरेको आरोप समेत लगाए । सभापति लामिछाने पार्टीको नीति जनतालाई दुख दिएर आन्दोलन गर्ने नीति नभएको भन्दै शान्तिपूणर् आन्दोलन गर्न निर्देशन दिए ।

कार्यक्रममा स्वतन्त्र पार्टीका नेता, कार्यकर्ताको सयौँको सहभागिता रहेको थियो तर अन्यत्र जस्तो भालुवाङमा भने सर्वसाधारण नागरिकहरूको खासै उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पार्टीका प्रदेश प्रबक्ता जमिर शाहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे