बाँकेको बालसुधार गृहमा झडप, एक जनाको मृत्यु, २५ जना प्रहरीको नियन्त्रणमा



बाँकेको बालसुधार गृहमा झडप, एक जनाको मृत्यु, २५ जना प्रहरीको नियन्त्रणमा

नेपालगञ्ज ५ असाेज । बाँकेको डुडुवा गाउँपालिका- ६ स्थित जयन्दु बालसुधार गृहमा विवाद हुँदा घाइते भएका ११ जना मध्ये एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।

उनका अनुसार झडपमा गम्भीर घाइते भएका केसीको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। उनको टाउकोमा गम्भीर चोट लागेको थियो । यस्तै, घाइते अन्य दश जनाको उपचार भइरहेको छ। घाइतेमध्ये चार जनाको अवस्था अझै गम्भीर छ।

प्रहरीले सुधार गृह तोडफोड गर्ने २५ जनालाई नियन्त्रणमा लिएको छ। यतिबेला घटना स्थलमा प्रहरी तैनाथ छ। यद्यपि, सुधारगृहभित्र होहल्ला भइरहे पनि प्रहरी भित्र प्रवेश गर्न भने सकिरहेको छैन।

बालसुधार गृहमा तोडफोड र आगजनीसमेत भएको छ। घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे