एमालेको लुम्बिनी प्रदेश कमिटीको सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित



एमालेको लुम्बिनी प्रदेश कमिटीको सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित

बुटवल १८ भदौ । नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् । सचिवमा मनोनयन दर्ता गराएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि आचार्य निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

आर्चायको प्रस्तावकका एमाले दाङका सचिव मनोहर बुढाथोकी र समर्थकमा अध्यक्ष हुकुम बस्नेत थिए । सहमतिमा उनीसँगै सचिव पदका मनोनयन दर्ता गराएका सोमनाथ सापकोटाले अहिले उम्मेदारी फिर्ता लिएपछि आचार्य निर्विरोध भएको एमाले प्रचार विभाग प्रमुख डीआर घिमिरेले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे