अर्घाखाँचीमा चट्याङ लागेर १ जनाको मृत्यु, ४ गम्भीर घाइते



अर्घाखाँचीमा चट्याङ लागेर १ जनाको मृत्यु, ४ गम्भीर घाइते

अर्घाखाँची १८ भदाै । अर्घाखाँची मालारानीको गोखुंगामा आज दिउँसो चट्याङ लागेर एक जनाको ज्यान गएको छ । त्यस्तै चट्याङ लागेर अन्य चार जना जना गम्भीर घाइते भएका छन् ।

ज्यान जानेमा अर्घाखाँचीको मालारानी गाउँपालिका–९ गोखुंगा सेपानेका स्थानीय २० वर्षीय मिलन खनाल रहेका छन् । सन्धिखर्क अस्पतालमा उपचारको क्रममा  खनालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख मुकुन्द रिजालले बताउनु भयो । चट्याङ लागेर गम्भीर घाइते भएका दामोदर खनाल, जेमबहादुर पुन, चन्द्रबहादर पुन र लिलबहादुर पुनलाई भने उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटबल रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे