दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा २ घाइते



दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा २ घाइते

भालुवाङ १८ भदाै । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन ।

सोमबार बिहान साढे ११ बजे लमही अमिलिया सडक खण्ड अन्तर्गत धवारी जाने बाटो नजिकै रा ३ प ८०१४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार गढवा गाउँपालिका–३ गोबरडिहाका कालिचरण चौधरी र सोही ठाउँका मुखिया चौधरी रहेको इलाका प्रहरी कार्यालय अमिकियाले जनाएको छ ।

तीव्र गतिमा रहेको मोटरसाइकल अनियंत्रित भएर दुर्घटना भएको प्रहरीले बताएको छ । घाइते मध्ये चालक कालिचरणको अवस्था गम्भीर रहेको र अर्का घाइतेको अवस्था सामान्य रहेको छ । उनीहरुको उपचार अहिले लमही अस्पतालमा भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे