भालुवाङ प्रहरीद्वारा अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद
देउखुरी ६ असार । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएकाे छ ।
प्रहरीले चेकजाँचका क्रममा १ सय ३५ पिस साडी बरामद गरिएकाे प्रहरीले जनाएकाे छ । बरामद गरिएका सामानहरू आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि भन्सार कार्यालय पठाउने पहल भईरहेको भालुवाङ प्रहरीले जनाएकाे छ । ईलाका प्रहरी कार्यालय भालुवाङकाे नियमित चेकजाँचका क्रममा उक्त सामान बरामद गरेकाे हाे ।
प्रतिक्रिया दिनुहोस्
