विदेशी राष्ट्रिय गान बजाएपछि मुख्यमन्त्री चौधरीद्धारा कार्यक्रम बहिष्कार



विदेशी राष्ट्रिय गान बजाएपछि मुख्यमन्त्री चौधरीद्धारा कार्यक्रम बहिष्कार

दाङ ८ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले किवानिज क्लबको कार्यक्रम बहिष्कार गरेका छन् । भैरहवाको बोधी रेडसन होटेलमा भएको क्लबको पाँचौ अधिवेशनको सुरुमै विदेशी राष्ट्रिय गान बजाएपछि  कार्यक्रमका प्रमुख अथिति मुख्यमन्त्री चौधरीले कार्यक्रम बहिष्कार गरेर निस्किएका थिए ।

मुख्यमन्त्री भएको कार्यक्रममा राष्ट्रियताको ख्याल नगरेर विदेशी राष्ट्रिय गान बजाएर नेपाल र नेपालीको  अपमान गरेको भन्दै कार्यक्रम हलबाट करिब पाँच बजे निस्किएको मुख्यमन्त्रीको सचिवालयका कृष्ण न्यौपानेले जानकारी दिए । आयोजकले अथितिहरुको आसनग्रहण लगतै विदेशी राष्ट्रिय गान बजाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे