नेकपा माओवादी केन्द्र राप्तीले पायाे पूर्णता: अध्यक्षमा नारायण प्रसाद शर्मा चयन



नेकपा माओवादी केन्द्र राप्तीले पायाे पूर्णता: अध्यक्षमा  नारायण प्रसाद शर्मा चयन

देउखुरी ८ भदौ । नेकपा माओवादी केन्द्र राप्ती गाउँ कमिटीले पूर्णता पाएकाे छ। शुक्रबार मसुरीयामा बसेकाे गाउँ कमिटीको बैठकले यस अघि कमिटीको उपाध्यक्ष पदमा रहेका नारायणप्रसाद शर्मालाई अध्यक्ष पदमा चयन गरे सँगै कमिटीले पूर्णता पाएकाे हाे।

त्यस्तै उनको रिक्त रहेको उपाध्यक्ष पदमा तुला गिरीलाई चयन गरिएको छ भने यस अघि उपाध्यक्ष पदमा रहेका रणबहादुर पुजाली “राजेन्द्र ” र सुरेश चाैधरी यथावत पदमा रहेका छन्।

बैठकले यस अघि सह-सचिव पदमा रहनु भएका बसन्त नेपालीलाई सचिव र काेषाध्यक्ष पदमा रहेका भगवता शर्मालाई सह-सचिवमा चयन गरिएकाे छ भने सदस्य जगतबहादुर थापालाई काेषाध्यक्षमा चयन गरिएकाे छ।

सदस्यहरुमा भने यस अघि सम्मेलनबाट चयन भएकाहरु यथावत रहेका छन्। यस अघि कमिटीका अध्यक्ष रहेका श्यामेस चाैधरीले अध्यक्ष पदबाट राजिनामा दिई जग्गा एकीकरण विकास आयोजनाकाे अध्यक्ष भए सँग गाउँ कमिटीले पूर्णता पाउन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे