किसानको समस्या सुनाउन देउखुरीको लमहीमा आधा घण्टा पूर्वपश्चिम राजमार्ग चक्काजाम



किसानको समस्या सुनाउन देउखुरीको लमहीमा आधा घण्टा पूर्वपश्चिम राजमार्ग चक्काजाम

देउखुरी १२ साउन । अखिल नेपाल किसान महासंघ दाङले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेको छ । लम्की स्किन रोगका कारण देशभर ठूलो संख्यामा पशुधनको क्षति भएको र किसानले पशु बिमाको रकम, खेतिपातीको समयमा रासायनिक मल नपाएको विरोधमा राजमार्ग चक्काजाम गरिएको हो ।

दिउँसो साढे १२ बजेदेखि १ बजे सम्म आधा घण्टा पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको अर्जुन खोलामा चक्काजाम गरिएको जिल्ला अध्यक्ष केशव गिरीले जानकारी दिए ।

राजमार्ग अवरुद्ध गर्दा यात्रुहरुले सडक अवरुद्ध नगर्न अनुरोध गरेका थिए । सरकारलाई दवाव दिन बाध्य भएर राजमार्गमा चक्काजाम गर्नुपरेको भन्दै दुई घण्टाको चक्काजाम आधा घण्टामा टुंग्याइएको थियो । ‘यो सरकारको ध्यान किसानलाई मल, बीउ, विमाको रकम दिनमा छैन्’अध्यक्ष गिरीले भने,‘देशभरका किसान समस्यामा पर्दा सरकारले सुन्दैन ।

सरकारको कानमा आवाज पुर्‍याउन राष्ट्रिय राजमार्गमा आउनुपर्‍यो ।’ अखिल नेपाल किसान महासङ्घका लुम्बिनी प्रदेश उपाध्यक्ष तुलसा पोखरेलले लम्की स्किन रोगका कारण समस्यामा परेका किसानलाई क्षतिपूर्ति र बिमा रकम तत्काल भुक्तानीका दिनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे