रोटरी क्लव अफ राप्तीद्धारा भालुबाङ अस्पताललाई शुद्ध पिउने पानीका लागि फिल्डर प्रदान



रोटरी क्लव अफ राप्तीद्धारा भालुबाङ अस्पताललाई शुद्ध पिउने पानीका लागि फिल्डर प्रदान

भालुवाङ १२ साउन । रोटरी क्लव अफ राप्तीले अनुकरणीय काम गरेको छ । स्थापना भएको छोटो समयमा क्लबले विभिन्न कार्यक्रमहरु गर्ने क्रममा आज शुक्रबार दाङ—देउखुरीको राप्ती गाउँपालिका—१, भालुवाङमा रहेको प्रस्तावित भालुवाङ अस्पताललाई पानी शुद्धिकरण गर्ने फिल्टर सहयोग गरेको छ ।

क्लवले स्थापनाको छोटो समयमा अनुकरणीय कामहरु गर्दै आउन क्रममा ५० शैयाको प्रस्तावित अस्पतालमा उपचार गर्न पुग्ने बिरामी र तिनका कुरुवा तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले युभी, आरओ फिल्टर प्रदान गरिएको हो ।

क्लवले एक कार्यक्रमको आयोजना गरी उक्त फिल्टर अस्पताल व्यवस्थापन समितीका अध्यक्ष तथा राप्ती गाउँपालिका वार्ड नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्का र अस्पतालका प्रमुखका कृष्ण श्रेष्ठलाई क्लबका अध्यक्ष बासुदेव न्यौपानेले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा फिल्टर ग्रहण गर्दै अस्पतालका प्रमुख कृष्ण श्रेष्ठले सेवा ग्राहीलाई सेवा दिदै गर्दा सेवा भावले लागेका युवाहरुले अस्पतालका रहेका विरामीलाई शिद्ध पानी पिउने व्यवस्थापन गर्दै फिल्टर प्रदान गरी नमुना कार्य गरेका बताए ।

उनले पिउने पानीको फिल्टर नहुँदा बिरामी र स्वास्थ्यकर्मीहरुले कि त धाराको पानी पिउनु पथ्र्यो कि त किनेर बोतलको पानी पिउनु पर्ने बाध्यता रहेका बताए । साथै उनले यो फिल्टरबाट बिरामी र स्वास्थ्यकर्मीहरुलाई बिशेष लाभ भएको बताए ।


यस्तै रोटरी क्लव राप्तीका अध्यक्ष बासुदेव न्यौपानेले स्वार्थ भन्दा माथि रहेर अस्पतालमा आएका विरामीलाई शुद्ध पिउने पानी व्यवस्थापन गर्नका लागि अस्पताललाई फिल्टर प्रदान गरेको बताए ।

उनले अस्पताल आउने बिरामीले शिद्ध पिउने पानी अभाव रहेको जनगुनासो आएपछि अस्पताललाई फिल्टर प्रदान गर्ने निणर्य गरेको बताए । क्लबका पद्धाधिकारी र सदस्यहरुले उठाएको रकमबाट १७ हजार बराबरको उक्त फिल्टर प्रदान गरिएको अध्यक्ष न्यौपानेले बताए ।

अस्पतालमा नयाँ फिल्टर जडान भएपछि उपचारको लागि अस्पताल आएका बिरामीहरु शुद्ध पिउने पानी पाउँदा खुसी भएका छन् । अस्पताल आउँदा पानी किनेर पिउनु पर्ने बाध्यता हटेकोमा बिरामीहरु खुसी भएका हुन् ।

अस्पतालमा आउने सबै बिरामी र विरामीका कुरुवाले पानी किनेर पिउनु पर्ने अवस्था थियो । तर अव उनीहरुले पानी किन्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।

फिल्टर प्रदान कार्यक्रममा राप्ती गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा संयोजक विश्वास बिक, राप्ती प्रेस मञ्चका बरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, क्लबका तपराज आचार्य, डा. शंखरनाथ योगी, अनिल केसी, पुजा खनाल, दोणर् आचार्य, श्याम न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे