भालुवाङमा सडकमा हिड्ने बटुवाहरूलाई ट्राफिक नियम सिकाईदै



भालुवाङमा सडकमा हिड्ने बटुवाहरूलाई ट्राफिक नियम सिकाईदै

भालुवाङ १२ साउन । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक बजारमा सडकमा हिड्ने बटुवाहरूलाई ट्राफिक नियम सिकाउन थालिएको छ ।

बाटो क्रस गर्ने बेला जेब्रा क्रसको प्रयोग गरौ, सवारी साधन तिब्र गतिमा नहाकौ, आफू पनि बचौं र अरुलाई पनि बचाउँ भन्ने मुल नाराका साथ ट्राफिक सचेतता मुलक कार्यक्रम अन्तरगत आशाका किरण संस्थाको विशेष पहलमा ईलाका प्रहरी कार्यलय भालुवाङ, अस्थायी ट्राफिक प्रहरी पोष्ट भाउवाङ, स्काउट र लिटिल एन्जल्सको सहयोग तथा समन्वयमा बटुवाहरूलाई ट्राफिक नियम सिकाउन थालिएको हो ।

हात- हातमा संदेशमुलक प्ले कार्ड बोकेर पुल्चोक बजारको विभिन्न चोकहरूलाई लाइनबद्व उभिएर ट्राफिक प्रहरी सँगै, आशाका किरण, स्टाउट र लिटिल एन्जल्सका विद्यार्थीहरूले करिव १ घण्टा बटुवाहरूलाई ट्राफिक नियमका बारेमा जानकारी गराएका थिए ।

लुम्बिनी प्रदेशको राजधानी क्षेत्रको मुख्य बजार भालुवाङ लगायत राजमार्ग क्षेत्रका विभिन्न बजार क्षेत्र तथा सडकहरूमा ट्राफिक नियमको पालना नगर्दा दुर्घटनाको जोखिम बढिरहेका बेला ट्राफिक प्रहरी सँगै राप्तीका क्रियाशील संघ संस्था र विद्यार्थीहरूले ट्राफिक नियमका बारेमा बटुवाहरूलाई जानकारी गराउन थालेका छन् ।


कार्यक्रममा आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्वासे, इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी नायव निरिक्षक गोगनसिंह ठकुरी, स्काउटका छवि कंडेल, पत्रकारहरू ओमप्रकाश गुप्ता, सन्तोष थापा, विदुर एमसी लगायतको सहभागीता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे