राप्ती गाउँपालिकाको बाउनीपाटामा एक दिने पोषण सचेतना तालिम सम्पन्न



राप्ती गाउँपालिकाको बाउनीपाटामा एक दिने पोषण सचेतना तालिम सम्पन्न

भालुवाङ १२ साउन । नामसालिङ सामुदायिक विकास केन्द्र दाङले राप्ती गाउँपालिका २ बाउनीपाटामा एक दिने पोषण सचेतना तालिम सम्पन्न गरेको छ ।

विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका सँगको समन्वयमा राप्ती गाउँपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजना मार्फत एक दिने पोषण सचेतना तालिम सम्पन्न गरिएको हो । तालिममा बाउनीपाटामा गठित चरिङ्गे सामुदायिक कृषक समूहका ३२ जना सदस्यको सहभागिता रहेको थियाे।

साे तालिममा सहभागीहरुलाई पारिवारिक पाेषणका विभिद पक्षमा जानकारी दिइ बालबच्चा, किशाेर किशाेरी, गर्भवती, सुत्केरी तथा बयस्क लाइ पाेषण सुरक्षा प्राप्तिका उपायहरू तथा विभिन्न प्रकारका कुसाेषणमा बारेमा जानकारी समेत दिइएकाे थियाे। तालिमकाे सहजीकरण नासाविकेका फिल्ड संयाेजक धर्म बहादुर यादव तथा सामाजिक सहजकर्ता पुस्तमा पुनले गरेका थिए।

वि.सं. २०४१ मा इलामको नामसालिङ गाउँमा स्थापित नामसालिङ सामुदायिक विकास केन्द्रले दाङको राप्ती गाउँपालिकामा २०७४ साल देखि एकीकृत सामुदायिक विकास परियोजना मार्फत सामुदायिक विकासका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ। परियाेजना मार्फत कृषि, पोषण, आयआर्जन, जलवायु अनुकूलन तथा सुशासनका क्षेत्रमा एकीकृत कार्यक्रम सञ्चालन गर्दै आइरहेको केन्द्रले समुदायलाई आर्थिक तथा सामाजिक रूपमा सबल बनाउँदै अगाडि बढाउँदै आइरहेको कार्यक्रम संयोजक शशांक बाबु आचार्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे