लागुऔषध (ब्राउन सुगर) सहित लमहीमा ३ जना पक्राउ



लागुऔषध (ब्राउन सुगर) सहित लमहीमा ३ जना पक्राउ

लमही १२ साउन । लमहीमा प्रहरीले ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एकजना महिला र दुई जना पुरुष रहेका छन ।
लमही नगरपालिका वडा नम्बर ५ हस्पिटल चोकबाट ६ सय मिलि ग्राम लागु औषध (ब्राउन सुगर) सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा लमही-५ अर्नवाकि बालिका सुनार, लमही नपा वडा-५ कोईलाबास रोड निवासी राउडी भन्ने बिक्रम कुमार गुप्ता र बर्दाघाट नपा-६ कैलाली सुगरखालका समिर कठरिया रहेका छन् ।

लागुऔषधको अबैध कारोबार भईरहेको गोप्य सूचनाका आधारमा उनिहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शंकर श्रेष्ठले जानकारी दिए ।

उनले लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम पहिलो पटकका लागि जिल्ला अदालत, घोराही दाङवाट ५ दिनको म्याद थप गरि आबस्यक अनुसन्धान प्रकिया अगाडी बढाएको बताए |

पक्राउ परेका मध्य बालिका सुनार यो भन्दा पहिले पनि लागुऔषध कारोबारमा पक्राउ परिसकेकी हुन । उनी धरौटीमा रिहा भएकि थिईन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे