राप्तीका अध्यक्ष प्रकाश विष्ट सडक मानवहरुको उद्दार गर्दै, भालुवाङबाट ५ सडक मानवको उद्दार



राप्तीका अध्यक्ष प्रकाश विष्ट सडक मानवहरुको उद्दार गर्दै, भालुवाङबाट ५ सडक मानवको उद्दार

भालुवाङ ११ साउन । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट गाउँपालिकाको नियमित काम सँगै सडक मानवहरुको उद्दार तथा समाजसेवामा निरन्तर रुपमा खट्ने गरेका छन् ।

जनप्रतिनिधि भएर आउनु भन्दा पहिला निलसागर सेवा आश्रमको अध्यक्ष भएर सडक मानवहरुको उद्दार तथा सेवामा खट्दै आएका अध्यक्ष विष्ट स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएर आइसके पनि समाजिक तथा मानवीय उद्दार कार्यलाई निरन्तरता दिदै आएका छन् । स्वास्थ्यकर्मी समेत रहेका अध्यक्ष विष्टले यस अघि स्वास्थ्यको क्षेत्रमा समेत जनताहरु निशुल्क उपचार सेवा दिदै आएका थिए । पछिल्लो समय गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएपछि राप्ती गाउँपालिकालाई देशकै नमुना पालिका बनाउने अभियानमा अध्यक्ष विष्ट लागेका छन् ।

यसै क्रममा अध्यक्ष विष्टको नेतृत्वमा राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङबाट ५ जना सडक मानवको उद्दार गरिएको छ । केही दिन पहिले देखि सडकमै रात बिताउने गरेका उनीहरुको बिहीबार दिउँसो उद्दार गरिएको हो । निलसागर सेवा आश्रम दाङ शाखाको अगुवाइमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहितको टोलीले २ पुरुष र ३ महिलालाई उद्दार गरी निलसागर सेवा आश्रमको केन्द्रीय कार्यालय नेपालगन्ज र शाखा कार्यलय राप्ती गाउँपालिका वडा ८ पिपरीमा पठाएको हो ।

उद्वार गरिएका मध्ये २ जनालाई आश्रमको शाखा कार्यलय पिपरीमा राखिएको छ भने ठाउँ अभाव र केही बिरामी रहेकाले उपचारका लागि ३ जनालाई केन्द्रीय कार्यालय नेपालगन्ज पठाइएको शाखा कार्यालय पिपरीका कार्यबाहक अध्यक्ष गरिबु चौधरीले जानकारी दिएका छन् । उद्वार गरिएका पाँचै जना नेपाली समुदायका नागरिक हुन् । केही दिन देखि सो क्षेत्रमा बेवारिसे अबस्थामा रहेको जानकारी पाए लगत्तै उनीहरुको उद्वार गरिएको हो ।

पालिकाका अध्यक्ष विष्ट सहित निलसागर सेवा आश्रम शाखा कार्यालय पिपरीका कार्यबाहक अध्यक्ष गरिबु चौधरी,वडा नम्बर दुईका वडा अध्यक्ष तथा पालिकाका प्रवक्ता पहलवान चौधरी, ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख तथा प्रहरी निरीक्षक उज्ज्वल बहादुर सिंह, समाजसेवी तपराज आचार्य, माधव खनाल लगायतको सहभागीतामा उनीहरूको उद्वार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे