भ्रष्टाचार अन्त्य गर्न सरकारलाई सबैले सहयोग गर्नुपर्छ : मन्त्री मास्की



भ्रष्टाचार अन्त्य गर्न सरकारलाई सबैले सहयोग गर्नुपर्छ : मन्त्री मास्की

देउखुरी ११ साउन । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले भ्रष्टाचार अन्त्य गर्नकालागि सरकारले थालेको कदमलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

सहकारी केन्द्र नेपाल लुम्बिनी प्रदेशको प्रथम भेलामा मन्त्री मास्कीले सरकारले भ्रष्टाचार अन्त्य गर्नकालागि नयाँ क्रान्तिको थालनी गरेको भन्दै यसमा सबैले हातेमालो गर्नुपर्ने बताए । ‘हामीले १० बर्षे जनयुद्ध तथा बिभिन्न आन्दोलनबाट गणतन्त्र स्थापना गरेका छौं, ब्यबस्था परिबर्तनको लडाई सकिएको छ, अब आर्थिक समृद्धिको लडाईमा हामी होमिएका छौं’,उनले भने‘भ्रष्टाचार अन्त्य गर्न सके नै मुलुकमा आर्थिक र विकासले फड्को मार्छ, त्यसैले पार्टी र सरकारले थालेको भ्रष्टाचार विरुद्धको क्रान्तिमा सबैले सहयोग गर्नुपर्छ ।’

आम नागरिकको सहयोगमा झनै सरकारलाई भ्रष्टाचार विरुद्ध नयाँ-नयाँ फाईल खोल्न आँट आउने समेत उनले बताए । साथै लुम्बिनी प्रदेश सरकारले सहकारी मार्फत स्वरोजगार प्रदान गर्नकालगि बजेट बिनियोजन गरेको बताए । विहीबार राप्ती गाउँपालिकाको हलमा भएको कार्यक्रममा मन्त्री मास्कीले यस्तो बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे