बिषालु च्याउ खाएर देउखुरीकाे गढवामा एकै परिवारका २ जना बिरामी



बिषालु च्याउ खाएर देउखुरीकाे गढवामा एकै परिवारका २ जना बिरामी

गढवा २ साउन । जंगली बिशालु च्याउ खाँदा दाङमा एकै परिवारका दुई जना विरामी भएका छन् । आज मंगलबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाएका दाङ गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरका एकै परिवारका दुई जना विरामी भएका हुन् ।

विरामी हुनेमा गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरकी ७२ वर्षीय बसन्तु चौधरी र उहाँकी ७६ वर्षीय श्रीमती छुकनी चौधरी रहेको गढवा स्वास्थ्य चौकीका प्रमुख सुर्य नारायण यादवले जानकारी दिए ।

बिहान १० बजेतिर खाना खाएका दुवैजनालाई १२ बजे तिर रिंगटा लाग्ने, वान्ता हुने जस्ता लक्षण देखिएपछी गढवा स्वास्थ्य चौकीमा लगिएको हो । विरामी दुवैको अहिले गढवा स्वास्थ्य चौकीमा भैरहेको र हाल सम्म उहाँहरूकाे स्वास्थ्य अवस्था खतरामुक्त रहेको स्वास्थ्य चाैकीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे