स्थानीय उत्पादनहरुको प्रबद्र्धनका लागि दाङकाे धारापानी मन्दिरमा कोशेली घर निर्माण



स्थानीय उत्पादनहरुको प्रबद्र्धनका लागि दाङकाे धारापानी मन्दिरमा कोशेली घर निर्माण

घोराही २ साउन । घोराही उपमहानगरपालिकाले स्थानीय उत्पादनहरुको प्रबद्र्धनका लागि घोराही उपमहानगरपालिका वडा नम्बर ५ पाण्डबेश्वर मन्दिर धारापानीमा कोशेली घरको निर्माण गरेको छ । घोराहीमा उत्पादन हुने र पहिचान दिने बस्तुहरुको संकलन र विक्रिका लागि बनाईएको कोशेली घरमा नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गरेका छन् ।

सटर सहितको एक कोठा र महिला पुरुषका लागि दुईवटा शौचालय पनि निर्माण गरिएको छ । पाण्डबेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीको अध्यक्षता भएको कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी, प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरे, पूर्वाधार महाशाखा प्रमुख युवराज पौडेल, प्रेस संयोजक निमुसंगम घर्ती सहित मन्दिरका पदाधिकारी र स्थानीयहरुको उपस्थितीमा उद्घाटन र मन्दिरलाई सो भवन हस्तान्तरण घोषणा गरिएको हो ।

मन्दिरमा पूजा गर्न आउने र घुम्न आउनेहरुलाई लक्षित गरेर धारापानीमा उक्त कोशेली घर बनाईएको हो । अब यहाँका स्थानीय उत्पादित बस्तुहरुको बजारीकरणमा टेवा पुग्ने आशा गरिएको छ । नगरले उक्त भवन मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरे पनि त्यसको सञ्चालन र व्यवस्थापनका लागि कार्यविधी बनाएर सञ्चालनमा ल्याउने नगर प्रमुख चौधरीले बताउनुभयो । कार्यक्रमको सहजिकरण मन्दिर व्यवस्थापन समितिका सचिब विष्णुराम आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे