लुम्बिनी प्रदेशसभा बैठकमा लगातार एमालेकाे अबराेध, एक घण्टाका लागि बैठक स्थगित



लुम्बिनी प्रदेशसभा बैठकमा लगातार एमालेकाे अबराेध, एक घण्टाका लागि बैठक स्थगित

भालुवाङ १८ असार । लुम्बिनी प्रदेशसभा बैठक आज साेमबार पनि एक घण्टाका लागि स्थगित भएको छ । बजेटकाे विषयमा एमालेले लगातार संसद बैठकमा बिराेध जनाउँदै बैठक अवराेध गर्दै आएकाे छ । बजेटका बिषयमा सैद्धान्तिक छलफलकाे लागि डाकिएकाे बैठकमा एमालेले पुन: विराेध जनाएपछि अहिले एक घण्टाकाे लागि बैठक स्थगित गरिएको हाे ।

एमाले प्रमुख सचेतक तुलसीप्रसाद चाैधरीले हचुवाकाे भरमा बजेट निर्माण गरेकाले पास हुन नदिने अडान राखेपछि प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरू आ-आफ्नाे स्थानबाट उभिएर बिराेध गरेका थिए ।

एमालेका सांसदहरूले ‍विराेध जनाएपछि सभामुख तुलाराम घर्तीले एक घण्टाकाे लागि बैठक स्थगित गरिएको जानकारी दिए । विपक्षी दल बजेटकाे कडा आलाेचनामा उत्रिएको छ भने सत्तापक्ष बजेट बहुमतले पास गर्ने रणनीतिमा छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे