गण्डकी, लुम्बिनी र कर्णालीका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना



गण्डकी, लुम्बिनी र कर्णालीका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डाै १४ असार । आज मधेस प्रदेशसहित धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । गण्डकी, लुम्बिनी र कर्णालीका एक/दुई ठाउँमा भने ठूलो पानी पर्ने मौसमविद् गोविन्द झाले बताए ।

उनका अनुसार दिउँसो धेरैजसो ठाउँमा हल्कादेखि मध्यम तथा गण्डकी, लुम्बिनी र कर्णालीका एक/दुई ठाउँमा ठूलो वर्षा हुनेछ । यस्तै, राति गण्डकी र लुम्बिनीका एक/दुई ठाउँमा ठूलो वर्षाको अनुमान छ ।

ठूलो वर्षा हुने क्षेत्रमा बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद् झाको आग्रह छ । यस्तै, तराईका जिल्लामा आज पनि हावाहुरी चल्ने अनुमान छ । तराईका जिल्लामा केही दिनयता हावाहुरी चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे