राप्ती चेम्बरले सिसहनियाँबाट एक सडक मानवको उद्धार गरि निलसागरमा पठायो



राप्ती चेम्बरले सिसहनियाँबाट एक सडक मानवको उद्धार गरि निलसागरमा पठायो

भालुवाङ १० असार । दाङको राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले आइतवार एक सडक मानवको उद्धार गरेको छ ।

सिसहनियाँ बजार क्षेत्रमा हिडिरहेको बेला चेम्बरले मधेशी मुलको जस्तो देखिने आफ्नो नाम थर बताउन नसक्ने एक सडक मानवलाई आइतवार सिसहनियाँ बजार क्षेत्रबाट उद्धार गरेको हो । कर्णाली विकास बैंक रहेको ठाउँबाट चेम्बरका अध्यक्ष नेमलाल बेल्वासे नेतृत्वको टिम, ५ नम्बर वडा अध्यक्ष देवप्रसाद चौधरी र इलाका प्रहरी कार्यालय सिसहनियाँको सहयोगमा ती मानवको उद्धार गरि राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा बुझाएको चेम्बरका प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे