अदालतकाे अवहेलना मुद्दामा मेयर बालेन्द्र शाहसँग लिखित जवाफ माग



अदालतकाे अवहेलना मुद्दामा मेयर बालेन्द्र शाहसँग लिखित जवाफ माग

काठमाण्डाै १२ असार । अदालतको अवहेलना सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग लिखित जवाफ मागेको छ ।

अधिवक्ता वर्षाकुमारी झाले दिएको निवेदनमा मङ्गलवार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अदालतकाे अवहेलनासम्बन्धी मुद्दामा सर्वाेच्चले मेयर शाहसँग लिखित जवाफ मागेको हो ।

गएकाे असार ७ गते उच्च अदालत पाटनले भारतीय चलचित्र प्रदर्शन नरोक्न आदेश दिएपछि काठमाण्डाैका मेयर शाहले  सार्वभौमिकता र स्वाधीनताको सवालमा कुनै कानुन र अदालतलाई नमान्ने टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे