राप्ती गाउँपालिकामा महिला चेम्बर गठन, अध्यक्षमा लक्ष्मी पोख्रेल



राप्ती गाउँपालिकामा महिला चेम्बर गठन, अध्यक्षमा लक्ष्मी पोख्रेल

भालुवाङ १० असार । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले आफ्नो मातहतमा रहने गरि महिला चेम्बर अफ कमर्स गठन गरेको छ ।

चेम्बरले आइतवार आफ्नै कार्यालय सिसहनियाँमा एक कार्यक्रमको आयोजना गरि पालिका स्तरीय महिला चेम्बर गठन गरेको हो ।
महिलाहरुको हक अधिकार सँगै उनीहरुको नेतृत्व तथा क्षमता विकास सँगै महिला सशक्तिकरणका लागि राप्ती गाउँपालिकाको ९ वटै वडालाई समेटेर महिला चेम्बर गठन गरिएको हो ।

चेम्बरका सदस्य लक्ष्मी पोख्रेलको अध्यक्षतामा ७ सदस्य पछि थप गर्ने गरि २१ सदस्यीय महिला चेम्बर गठन गरिएको छ । गठित महिला चेम्बरको प्रथम उपाध्यक्षमा कमला घिमिरे, दोस्रो उपाध्यक्षमा नारायणी पोख्रेल, महासचिवमा राधा पाण्डे, कोषाध्यक्षमा गोमा थापा, सचिववमा बिष्णाजैसी र सहकोषाध्यक्षमा कमला पोख्रेल रहेका छन् । त्यसैगरि सदस्यहरुमा ललिता खनाल, राधा चौधरी, सरिता सुवेदी, सरिता पौडेल, सरिता उचही मगर, सीता चौधरी र पार्वती भट्टराई रहेका छन् ।

राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष नेमलाल बेल्वासेको अध्यक्षता एवम् दाङ चेम्बर अफ कमर्सका अध्यक्ष विकास अग्रवालको प्रमुख आतिथ्यता र उपाध्यक्ष लक्ष्मी अधिकारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । चेम्बरकी प्रथम उपाध्यक्ष श्यामा रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन चेम्बरका प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे