लमहीमा मेयरकप क्रिकेट प्रतियोगिता सुरू, पहिलो दिनको दोस्रो खेलमा गोर्खा स्कुल विजय



लमहीमा मेयरकप क्रिकेट प्रतियोगिता सुरू, पहिलो दिनको दोस्रो खेलमा गोर्खा स्कुल विजय

लमही २ असार । दाङ देउखुरीको अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा आज देखि लमही मेयर कप जिल्ला स्तरीय पुरूष टि २० क्रिकेट प्रतियोगिता सुरू भएको छ ।

लमही नगरपालिकाको आर्थिक सहयोग तथा ब्रैन स्टोर्मिङ इभेन्ट्सको आयोजनामा प्रतियोगिता सुरू भएको हो । आज पहिलो दिनको दोस्रो खेलमा मध्यनगर युवा क्लब र गोर्खा स्कुल बिच भएको खेलमा गोर्खा स्कुल ७ विकेटले विजय भएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मध्यनगरले १७.२ ओभर खेल्दै आफ्नो सम्पुर्ण विकेट गुमाएर मात्र ९४ रन बनायो ।

मध्यनगरको तर्फ बाट सन्जय कुमालले ३ चौका प्रहार गर्दै २२ रन बनाए । तेस्तै सबिन महरले १३ रन, शिशिर केसीले ११ रन बनाए । अन्यले दोहोरो अंक समेत बनाउन सकेनन् । ब्याट बाट ६८ रन बनाएको मध्यनगरलाई अतिरिक्त स्वरुप २६ रन मिलेको थियो ।

बलिङमा गोर्खाका शुभम खनालले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट हात पारे । तेस्तै निर्मल गुरुङ र विशाल बिक्रम केसिले सम्मान २-२ विकेट लिए भने राज कुमार कुमाल र जीवन खनालले १-१ विकेट हात बारे । जवाफी ९५ रनको विजय लक्ष्य पछ्याएको गोर्खाले उक्त लक्ष्य १४.४ ओभरमा ३ गुमाउदै पूरा गर्यो ।

गोर्खाका लागि प्रजोल थापाले ४५ बलमा१० चौका प्रहार गर्दै ६० रन बनाए । तेस्तै अन्कित विएमले नटआउट १४ र प्रमेश केसिले ११ रन बनाए । अतिरिक्तमा गोर्खालाई ९ रन मिलेको थियो । वलिङमा मध्यनगरका शिशिर केसिले २ तथा सुरज जिएमले १ विकेट हात पारे । उक्त खेलमा म्यान अफ द म्याच ४ ओभर बलिङ गर्दै २२ रन खर्चेर ४ विकेट लिने शुभम खनाल घोषित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे