दाङको राजपुरमा किर्ते हस्ताक्षर गरि नागरिकता बनाउने ८ जना पक्राउ, वडाअध्यक्ष र सचिव फरार



दाङको राजपुरमा किर्ते हस्ताक्षर गरि नागरिकता बनाउने ८ जना पक्राउ, वडाअध्यक्ष र सचिव फरार

देउखुरी २ असार ।  दाङमा किर्ते हस्ताक्षर गरि नागरिकता बनाउने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नागरिकता बनाउने व्यक्तीका बाजे नाता पर्ने राजपुर गाउँपालिका ५ सिमल खुटीका ज्ञान बहादुर विक, बोइ (हजुर आमा) नाता पर्ने जोगिनी विक, नागरिकता लिने (नाती) विवेक विक, नागरिकता बनाउनका लागी शाक्षी बस्नेहरु सावित्रा कुमारी विक, गौसरी बोहरा, दुधिमाया घर्ती, रमेश घर्ती र मनकुमारी घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम्  डीएसपी राजन गौतमले जानकारी दिएका छन् ।

ज्ञान बहादुरले आफ्नो छोरीको छोरा (नाति) विवेकलाई आफ्नो छोरा भनी किर्ते हस्ताक्षर गरेर नागरिकता बनाइदिएको उजुरी जिल्ला प्रशासन कार्यालय दाङमा परेपछि प्रहरीले उनीहरुलाइ तत्काल पक्राउ गरेको हो । उनले गत बैशाख २७ गते गाउँका पाँच जनालाई वडामा साक्षी बसालेर नातिलाई छोरा बनाई जन्म दर्ता बनाएको प्रहरीको भनाई छ ।

जन्म दर्ताको आधारमा विश्वकर्मालाई वडाले नागरिकताको लागि सिफारिस समेत दिएको बताइएको छ । त्यसपछी बैशाख २८ गते ईलाका प्रशासन कार्यालय लमहीबाट सिफारिसका आधारमा विवेकले नागरिकता प्राप्त गरेको खुलेको छ । डीएसपी गौतमका अनुसार राजपुर गाउँपालिका  ५ का वडाअध्यक्ष टंक बहादुर विष्ट र वडा सचिव फरार रहेका छन् ।

पक्राउ परेका ८ जनालाई अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको उनले बताए । यता दाङका प्रमुख जिल्ला अधिकारी शुसिल बैद्यले यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाले अनुसन्धान पछि अदालतको निर्णय अनुसार किर्ते गरी लिएको नागरिकता रद्द गर्ने र दोसीलाई कानुन बमोजिमको सजाय हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे