राप्ती गाउँपालिकाले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै : स्वास्थ, शिक्षा, कृषि र उद्यमशिलतामा जोड



राप्ती गाउँपालिकाले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै : स्वास्थ, शिक्षा, कृषि र उद्यमशिलतामा जोड

भालुवाङ ३ असार । दाङको राप्ती गाउँपालिकाले आज यस आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको छ ।

आज आइतबार दिउँसो २ बजे गाउँपालिकाको सभाहल मसुरियामा बस्ने गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ को उपदफा (१) बमोजिम गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशन (बजेट अधिवेशन) सम्वत् २०८० साल असार ३ गते आइतबार दिउँसो २ बजे गाउँपालिकाको सभाहल मसुरियामा बस्ने गरी आव्हान भएकाले गाउँसभाका सदस्यहरुलाई उपस्थितीका अध्यक्ष विष्टले सवैमा आह्वान गरेका छन् ।

गत वर्ष जस्तै यस आर्थिक वर्षमा पनि स्वास्थ्य, शिक्षा, कृषि र उद्यमशिलतामा जोड दिएको राप्ती गाउँपालिकाका प्रवक्ता पहलवान चाैधरीले जानकारी दिएका छन् । युवा तथा महिला उद्यमशिलतामा राप्ती गाउँपलिका पहिला भन्ने मुल नाराका साथ राप्ती गाउँपालिकाले नीति तथा कार्यक्रम ल्याउन लागेको प्रवक्ता चाैधरीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे