दाङकाे नारायणपुरमा सिकलसेल एनिमियाकाे निशुल्क जाँच शिविर



दाङकाे नारायणपुरमा सिकलसेल एनिमियाकाे निशुल्क जाँच शिविर

दाङ २ असार । ग्रामिण महिला उत्थान केन्द्रको आयोजना तथा घोराही उपमहानगरपालिका वडा नम्बर १० को समन्वय र अमेरिकन लाईफ इन्सोरेन्स कम्पनी मेटालाईफ पुल्चोक ललितपुरको सहयोगमा घोराही उपमहानगरपालिका १० नारायणपुर स्थित शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रमा सिकलसेल एनिमियाको निशिल्क जाँच शिबिर गरिएको छ ।

केन्द्रका अध्यक्ष आशमानी चौधरीको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरि शिबिरको उद्घाटन गरिएको हो । कार्यक्रममा सहयोगि निकायका सहित स्वास्थ्य सँग सरोकार राख्ने निकायका प्रमुख प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

नारायणपुर क्षेत्रलाई लक्षित गरि आयोजना गरिएको कार्यक्रममा नागरिकहरुको जाँच शिबिरमा निकै उत्साहपूर्ण सहभागिता रहेको छ । शिबिरमा आएकाहरुको निशुल्क रगत जाँच गरिएको छ । जाँचबाट पोजेटिभ केश देखिएकाहरुलाई फेरी भेला गराई मनोसामाजिक पराशर्म सहित उपचारमा पठाईने छ ।

कार्यक्रममा नगर प्रमुख चौधरीले स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ती भएकाले कुनै पनि रोगसँग खेलवाड गर्न नहुने बताए । सिकलसेल एनिमियाका बिषयमा स्थानिय सरकार गम्भिर रहेको भन्दै यस्को उपचार र निदानमा कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे