बलात्कार आराेपमा पक्राउ परेका पूर्व क्याम्पस प्रमुख गाैतम पुर्पक्षका लागि कारागार चलान



बलात्कार आराेपमा पक्राउ परेका पूर्व क्याम्पस प्रमुख गाैतम पुर्पक्षका लागि कारागार चलान

लमही १ असार   देउखुरी बहुमुखी क्याम्पस लमहीका पूर्व क्याम्पस प्रमुख शेषमणि गाैतम पुर्पक्षका लागि कारागार चलान भएका छन् । बलात्कारको आराेपमा पक्राउ परेका गाैतमलाइ शुक्रबार जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालकाे इजलासले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनलाई जिल्लामा रहेको कारागार चलान गरिएको छ । अन्दाजी २६ वर्षीया युवतीलाई आफ्नै घरमा बाेलाइ बलात्कार गरेको आराेपमा लमही नगरपालिका वडा नम्बर ५ राताे डाँडा निवासी शेषमणि गाैतमलाई प्रहरीले पक्राउ गरेको थियो ।

त्यसपछि वडा प्रहरी कार्यालय लमहीले गाैतमलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । बलात्कारको आराेपमा गाैतम गत जेठ ७ गते आफ्नै घरबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे