म्याद थप र गरेको कामको भुक्तानी नदिए सिंहदरबार घेराउ गर्छौ : रायमाझी



म्याद थप र गरेको कामको भुक्तानी नदिए सिंहदरबार घेराउ गर्छौ : रायमाझी

दाङ २ असार । नेपाल निर्माण व्यवसायी महासंघका कार्यबाहक अध्यक्ष टोपबहादुर रायमाझीले अधुरा निर्माण कार्य सम्पन्न गर्नको लागि म्याद थप र सम्पन्न भएका कामहरुको भुक्तानी नदिएमा सिंहदरबार घेराउन गर्ने चेतावनी दिएका छन्। नेपाल निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको दोस्रो पूर्ण वैठकलाई शनिबार भालुबाङमा सम्बोधन गर्दै कार्यबाहक अध्यक्ष रामयमाझिले यस्तो चेतावनी दिएका हुन् ।

‘निर्माण क्षेत्र यतिबेला संकटमा छ, निर्माण व्यवसायीहरु पलायन भैरहेका छन्, यही कुरालाई मध्यन नजर गरेर हामीले सरकारसँग् विभिन्न माग राखेर असार ४ गतेसम्म अल्टिमेट दिएका छौं, यदि हाम्रो माग पुरा भएन भने असार ६ गते बस्ने केन्द्रको वैठकबाट हामीहरु आन्दोलनमा जाने निर्णय गर्नेछौं’, कार्यबाहक अध्यक्ष रायमाझीले भने, ‘हाम्रो आन्दोलन काठमाडौं केन्द्रीत हुनेछ, सिंहदरबार पनि घेर्नेर्छौ ।’

निर्माण सम्बन्धि काम सकिएर पनि खरबौ रुपैयाँ भुक्तानी नभएका कारण बित्तीय संस्था देखि बजारमा समेत यसले असर गरेको चर्चा गर्दै वैठकका प्रमुख अतिथि समेत रहनु भएका कार्यबाहक अध्यक्ष रायमाझिले सार्बजनिक खरिद ऐन परिमार्जन भएका कारण पनि निर्माण क्षेत्रमा ठूलो असर गरेको गुनासो गरे ।

आफूहरु बार्ता र सम्बादकै पक्षमा रहेपनि अहिले सम्म सरकारले आफूहरुको माग पुरा नगरेकाले बाध्यात्मक अवस्थामा आन्दोलनमा उत्रिनुको विकल्प नभएको बताए ।वैठकका विशिष्ठ अतिथि महासंघका केन्द्रीय सदस्य बालाजु श्रेष्ठले म्याद थप गर्ने विषयमा अहिलेको बजेटले सम्बोधन नगरेकोमा गुनासो गरे ।

महासंघका प्रदेश अध्यक्ष बलिभद्र रानाको अध्यक्षत्तामा बसेको वैठकले महासंघको कानूनी सल्लहाकारमा प्रेम वली, प्रेस सल्लाहकारमा सविन प्रियासन, कार्य समिति सदस्यमा कुलबहादुर वली, उमाकान्त घिमिरे, विकास भुसाललाई थप गरेको छ ।

यसैगरी एशोशियट तर्फबाट सन्तोषकुमार सोनी र अर्जुन दाहाललाई पनि सदस्यमा थप गरिएको छ । वैठकले संस्थाका कामलाई प्रभाविकारी बनाउनका लागि बलिभद्र राना, देबिलाल न्यौपाने, दिनेश हमाल, नारायण भुसाल, भेषराज पौडेल, बिनय ज्ञवाली, त्रिभुवन दल मिया, नविन श्रेष्ठ, प्रविण भण्डारी, विमलमान श्रेष्ठ, कुलबहादुर वली रहेको सचिवालय गठन गर्ने, अहिलेसम्म भएका सबै कामको अनुमोदन गर्ने, प्रत्येक तीन÷तीन महिनामा कार्यसमितिको नियमित वैठक घुम्ति तबरले गर्ने, आउँदो भदौ २ गते अर्घाखाँचीमा वैठक गर्ने लगायतका निर्णयहरु गरेको छ ।

वैठकको सहजीकरण महासचिव भेषराज पौडेलले गर्नु भएको थियो । सो अबसरमा दाङ, बर्दिया, अर्घाखाँची, रोल्पा जिल्लाको निर्माण व्यवसायी संघको जिल्ला अध्यक्षमा निर्वाचितहरु, नवनियुक्त सल्लाहकार र सदस्यहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे