समुदायको विकाशका लागि सामाजिक संघसंस्थाकाे भुमिका अहम छ : नगर प्रमुख चौधरी



समुदायको विकाशका लागि सामाजिक संघसंस्थाकाे भुमिका अहम छ : नगर प्रमुख चौधरी

घोराही १ असार । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले समुदायको विकासका लागि सामाजिक संघसंस्थाहरुको भुमिका अहम् हुने बताएका छन् । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र नागरिक आवाजको सहकार्यमा सञ्चालित सामुदायिक सुरक्षाजालो कार्यक्रमको शुक्रबार घोराहीमा आयोजित सरोकारवाला निकायहरु सँगको अभिमुखिकरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मेयर चौधरीले सो कुरा बताएका हुन् ।

उनले बिगत देखि नै नेपाल महिला सामुदायिक सेवा केन्द्रले घोराही उपमहनगरपालिकाका विभिन्न क्षेत्रहरुमा प्राकृतिक र मानवीय बिपदमा परेकोहरुको सेवाका लागि खेलेको भुमिकाको सराहाना गरे । संस्थाले हिसा पिडित महिलाहरु मध्यपनि यौन हिंसामा परेका बास्तबिक पिडितहरुको न्यायको लागी खेलेको भुमिका प्रति आभार प्रकट गर्दछु मेयर चौधरीले भने ।चौधरीले सामुदायिक सुरक्षाजालो कार्यक्रम मार्फत सहकार्य गर्न पाएकोमा खुशि ब्यक्त गर्दे कार्यक्रमले नगरपालिका भित्रका बिभिन्न समुदायमा अप्ठेरोमा परेका परिवारको लागि सहयोग पुग्ने बिश्वास ब्यक्त गरे ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र उपप्रमुख हुमा डिसी र प्रमुख प्रशासकिय अधीकृत भोजराज घिमिरेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा जालपा लघुबित्त बितिय संस्थाका लुम्बिनी प्रदेश प्रमुख पबन योगीले नेपाल महीला सामुदायिक सेवा केन्द अन्र्तगत सचालित सामुदायिक सुरक्षाजालो कार्यक्रमको उदेश्यबारे प्रस्तुतिकरण गरेका थिए ।

जिल्लाको घोराही उपमहानगरपालिका, बंगलाचुली गाउँपालिका र दंगिशरण गाउँपालिकामा सञ्चालित उक्त कार्यक्रमले बाढी पहीरो आगलागी चटयाङ, डुबान कटान जस्ता प्राकृतिक बिपद र मानब श्रृजिति बिपद, कुटपिट, चेलिबेटी बेचबिखन अन्यायमा परेका हिसा प्रभाबितहरको लागि आपतकालिन सहयोग र आबश्यकता अनुसार मनोबिर्मश सेवा प्रदान गर्ने गरेको छ । कार्यक्रम संयोजक लिला शाहको बिषय प्रबेश तथा स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन शान्ति सुरक्षा कार्यक्रमका संयोजक आरके शितलले गरेका थिए। कार्यक्रममा नगरपालिका क्षेत्रका सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे