राप्तीले आर्थिक वर्षकाे नीति तथा कार्यक्रमका विषयमा सरोकारवालाहरु सँग राय सुझाव संकलन गर्दै
भालुवाङ २९ जेठ । दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष लागि प्रस्तुत गर्ने नीति, कार्यक्रम तथा याेजनाका बारेमा सरोकारवालाहरु सँग राय सुझाव संकलन कार्य शुरु गरेको छ।
पालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ मा प्रस्तुत गरिने निति तथा कार्यक्रमका बारेमा पालिमामा क्रियाशील राजनैतिक दल, पूर्व जनप्रतिनिधि, बुद्धिजीवी, विभिन्न संघ संस्था, सामुदायिक वनका प्रतिनिधिहरु तथा सराेकारवालाहरु सँग चरणबद्ध रुपमा छलफल तथा राय सुझाव संकलन गरेको छ। पालिकाले आईतवार क्रियाशील राजनैतिक दल, पूर्व जनप्रतिनिधि, बुद्धिजीवीहरु सँग राय सुझाव लिएको थियो भने साेमबार विभिन्न संघ संस्था, सामुदायिक वनका प्रतिनिधिहरु तथा सराेकारवालाहरु सँग छलफल तथा राय सुझाव लिएको छ।
नीति तथा कार्यक्रम तर्जुमाको लागि छलफल कार्यक्रम बोल्ने वक्ताहरुले शिक्षा, स्वास्थ्य, कृषि, लगाएतको क्षेत्रमा उपलब्धी मुलक हिसाबले लगानी गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। त्यस्तै कार्यक्रमका सहभागीहरूले आगामी आर्थिक वर्षमा प्रस्तुत गरिने नीति तथा कार्यक्रमहरु प्रभावकारी, आयमुलक, स्वरोजगार मुलक हुनु पर्ने कुरामा जाेड दिएका थिए। छलफलपछि बाेल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आम जनताहरुकाे आवश्यकताकाे पहिचान गरि आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिने बताए।
विगतका वर्षहरुमा राज्यले बढी अनुत्पादक क्षेत्रमा लगानी गर्दा देशमा आर्थिक संकटकाे अबस्था सिर्जना भएको भन्दै उनले यस वर्ष उत्पादक क्षेत्रमा बढी जाेड दिएर बजेट विनियोज गरिने बताए। त्यस्तै अध्यक्ष विष्टले जनताको जनजिकाका कुरा र सबैको अपनत्व हुने कुरालाई विशेष ध्यानमा राखी नीति तथा कार्यक्रम निर्माण गरिने बताए । गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले सबै पक्षको राय सुझावलाई मनन गर्दै जति सक्यो जनताको हित हुने गरि नीति, कार्यक्रम तथा बजेट निर्माण गरिने बताए । कार्यक्रममा पालिकामा क्रियाशील राजनैतिक दलका प्रतिनिधि, पूर्व जनप्रतिनिधि, बुद्धिजीवी, विभिन्न संघ संस्थाका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधिहरु तथा सराेकारवालाहरुकाे सहभागीता रहेको थियो ।