लुम्बिनी प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि असार १ गते बजेट ल्याउने तयारी गर्दै



लुम्बिनी प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि असार १ गते बजेट ल्याउने तयारी गर्दै

भालुवाङ २९ जेठ । लुम्बिनी प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गरेको छ । गत जेठ २६ गते नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले असार १ गते आगामी वर्षका लागि बजेट सार्वजनिक गर्ने छ ।

पोहोर ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले यसपालि त्यो भन्दा कम ४० अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी छ । संघबाट प्राप्त हुने समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान कम प्राप्त भएको र चालु वर्षमा राजश्व समेत कम संकलन भएकाले बजेटको आकार घटाउने अर्थ मन्त्रालयका उपसचिव सुरन्द्र पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे